Kumud's Website
Kumud Adhikari's Services
Kumud's Website

म स्वतन्त्र विचार राख्ने र अरूले पनि राख्न पाउनु पर्छ भन्ने मान्यता भएको व्यक्ति हुँ। करिब तीस वर्ष शिक्षाको क्षेत्रमा बिताएर अहिले फ्रिलान्सिङ गरेर जीवन बिताइरहेको छु। अहिलेका प्रमुख काम लेखन, सम्पादन, अनुवाद, तथा प्राविधिक कार्य रहेका छन्।

अनुवादका तीन पुस्तकहरू सहित मेरा चारवटा पुस्तक प्रकाशित छन्। सबैभन्दा पछिल्लो मिसन रअ हो। यसमा भारतको गुप्तचर एजेन्सी रअले कसरी छिमेकी देशहरूमा हैकम देखाउन खोज्छ भनी रअकै पूर्व कर्मचारीले व्याख्या गरेका छन्। यो कबि सात सय पृष्ठको छ र यसलाई मञ्जरी प्रकाशनले प्रकाशित गरेको हो।